ललितपुरमा इनारमा डुबेर बालिकाको मृत्यु

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

ललितपुरको गोदावरीमा इनारमा डुबेर बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– १३ झरुवारासी बस्ने सुर्खेत गुरुवाकोट नगरपालिका– २ घर भएका सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगीको सोही ठाउँस्थित इनारमा डुबेर शनिबार साँझ मृत्यु भएको हो।

डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।  घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार