खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली, एकजना पक्राउ

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

नेपाली सेनाले गैँडाको खाग तस्करीको आशंकामा मकवानपुरमा पाँच राउन्ड गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ । बिहीबार मध्याह्न हेटौँडा उपमहानगरपालिका– ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउन्ड हवाई फायर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एकजनालाई नियन्त्रणमा लिएको छ । सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन ।

‘बिहीबार मध्याह्न पाँच राउन्ड हवाई फायर भएको हो । सेनाले एकजनालाई नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक सापकोटाले भने । नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि गौरव केसीले घटनाबारे विवरण लिने काम भइरहेको जानकारी दिए ।
 

सुझावित समाचार