भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं नगरपालिका– १५ डल्लु आवास क्षेत्रमा निर्माण भएको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको बिहीबार एक समारोहबिच उद्घाटन गरेका छन् । कार्यक्रम एनओसीसँगै डल्लु आवास स्थानीय सहयोग समितिको संयुक्त आयोजनामा भएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले यो कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो । यसको निर्माणका लागि कुल चार करोड ५० लाख रुपैयाँ खर्च भएको छ । कभर्ड हलको शिलान्यास २०७९ को असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबुलटेनिसलगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ ।

उद्घाटन अवसरमा अध्यक्ष श्रेष्ठले कभर्डको निर्माणले स्थानीय खेलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै यसले स्थानीय खेलाडी उत्पादनमा पनि सहयोग गर्ने बताए । श्रेष्ठले भने, ‘यो नेपाली खेलकुदका लागि ठुलो उपलब्धि हो । कभर्ड हलका कारण यो क्षेत्रमा खेलकुद विकासमा मदत पुग्नेछ । खेल स्थलकै उपलब्ध भएपछि मात्रै खेलाडी उत्पादनका लागि मद्दत पुग्ने हो ।’

सुझावित समाचार