मार्बलस बास्केटबलको सेमिफाइनलमा

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

मार्बलसको दुई टोली १३औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । मार्बलसको सिनियर र जुनियर पुरुष टोली अन्तिम चारमा पुगेका हुन् ।

सिनियर पुरुषमा मार्बलसले स्वप्न वाटिकालाई ४०–३२ ले पराजित गर्यो । जुनियर पुरुषको क्वार्टरफाइनलमा मार्बलसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए)लाई ४५–२८ ले हरायो । सिनियर पुरुषमा एआइएले काठमाडौं जेभियर्स पब्लिकलाई ३९–३१ ले हरायो । सनसाइनले अल्बर्टमाथि ८२–१८ को एकपक्षीय जित निकाल्यो । हेम्सले अक्षरलाई ४६–२६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । 

जुनियर पुरुषमा हेम्सले स्पांगेललाई २८–१६ ले हरायो । काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४६–१३ र सनसाइनले लिटिल फ्लावरलाई ४९–२३ ले पन्छ्याउँदै अन्तिम चारको स्थान बनाए । सिनियर महिलामा काठमाडौं जेभियर्सले स्पांगेललाई ३२–१० ले पराजित गर्यो ।

एसियन पब्लिकले सिर्जनशीललाई १२–४ ले पाखा लगायो । लिभरपुलले स्वप्न वाटिकालाई १२–७ र इन्नोभेटिभले चैतन्य शिक्षा संस्कारलाई १९–६ ले पराजित गर्दै अन्तिम चार स्थान सुरक्षित गरेका छन् । 

सुझावित समाचार