दार्चुलामा भूकम्पको धक्का

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

दार्चुलामा मंगलबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर २५ मिनेटमा अपिहिमाल गाउँपालिका केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन। यसअघि गत शनिबार बाजुराको जगन्नाथ गाउँपालिका-५, गोत्री केन्द्रविन्दु भएर ५. २ म्याग्निच्युडको भूकम्प गएको थियो।

सुझावित समाचार