ललितपुरमा भएको दुर्घटनामा एकको मृत्यु

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

ललितपुरको गोदावरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका– ३ मोतीचौरमा प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६० वर्षीया लुरु सिलवालको मृत्यु भएको हो।  बाटो काट्ने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएको हो। ठक्करपछि मोटरसाइकल पनि पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सोमबार राति उपचारको क्रममा  बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि दुर्घटनामा घाइते भएका छन्। 

सुझावित समाचार