सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

आइतबार, ७ पुष, २०८१
डिजिटल संस्करण

आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ ।  

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला एक हजार ७९० मा कारोबार भएको छ।     
 

See More On

सुझावित समाचार