काठमाडाैंमा मनाइयाे सातौं राष्ट्रिय झण्डा दिवस (तस्बिरसहित)

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगिकृत गरेको दिनको सम्झनामा आज सातौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज काठमाडौंको  वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगिकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको जानकारी दिए ।

सुझावित समाचार