इतिहासमा आज

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

सन् १९७१ : भारत र पाकिस्तानबिचको युद्ध अन्त्य भएको थियो । बंगलादेशको स्वतन्त्रताको युद्धलाई भारतले समर्थन गरेपछि दुई देशबिच तेस्रो युद्ध भएको थियो । स्वतन्त्र बंगलादेशको स्थापनापछि १३ दिनमा भारत र पाकिस्तानको तेस्रो युद्ध अन्त्य भएको थियो ।

सन् १७०७ : माउन्ट फुजीमा पछिल्लोपटक अहिलेसम्मकै लामो ज्वालामुखी विस्फोट भएको थियो । होई इरप्सन नाम दिइएको सो विस्फोट १७ दिनसम्म भएको थियो ।

सन् १७७३ : अमेरिकाको बोस्टनमा टी पार्टी आयोजना भएको थियो । बेलायतले नियन्त्रण गरेको बोस्टनका प्रदर्शनकारीलाई बोस्टन बन्दरगाहभित्रको ब्रिटिस चियामा भारी कर लगाइएको थियो । बोस्टन टी पार्टीलाई अमेरिकी क्रान्तिको महत्वपूर्ण घटना मानिन्छ ।

सन् १९७६ : अमेरिकाका तत्कालीन राष्ट्रपति एन्ड्रिउ योङलाई राष्ट्रसंघको राजदूतमा नियुक्त गरे । 

सन् १९९१ : आजकै दिन मध्य एसियाली देश काजकिस्तान स्वतन्त्र भएको थियो । सन् १९२० मा काजकिस्तान तत्कालीन सोभियत संघको स्वायत्त गणराज्य बनेको थियो ।

सन् १९९८ : संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्र हतियार निरीक्षकहरूको पालना गर्न असफल भएकोमा इराकमा मिसाइल आक्रमण सुरु ग¥यो ।

सुझावित समाचार