सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रामधुनी नगरपालिका–९ डुम्राहामा शनिबार साँझ प्रदेश नं १–०२–००४ ह १४८१ नम्बरको सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको हो।

खेतबाट सिटी सफारीमा धान ओसार्ने क्रममा भएको दुर्घटनामा चालक चौधरी घाइते भएका थिए। उनको उपचारका लागि जिल्ला अस्पताल ईनरुवा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 
 

सुझावित समाचार