हिमालीलाई बास्केटबल उपाधि

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

हिमाली बोर्डिङ स्कुलले सातौँं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र बास्केटबलको उपाधि जितेको छ । सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा भएको फाइनलमा हिमालीले साइन मोडेललाई १७–१२ ले पराजित गर्यो ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा युनिभर्सल तेस्रो भयो । युनिभर्सलले माउन्ट कैलाशलाई १९–७ ले हरायो । बास्केटबलमा २२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजकका अत्तिरिक्त क्रियाकलाप संयोजक प्रेम भुजेलले जनाएका छन् ।

छात्र फुटसलमा अमर आदर्श, छात्र र छात्रा कबड्डीमा भीमेश्वर एकेडेमी विजयी भएका छन् । यसैबिच चार खेलका विजेताहरूलाई शनिबार पुरस्कृत गरिएको छ । 

सुझावित समाचार