राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले जिल्ला भेलाको पूर्वसन्ध्यामा बेँसीसहरमा विरोधस्वरूप शान्तिपूर्ण र्याली निकालेको छ।
पार्टी सभापति रवि लामिछानेको मानव अधिकार हनन भएको, झुटा मुद्दामा फसाउन खोजिएको र राजनीतिक प्रतिशोध साधेको भन्दै रास्वपाले विरोध र्याली आयोजना गरेको हो।
जिल्ला भेलालाई सम्बोधन गर्न पार्टी कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, पूर्वशिक्षामन्त्री एवं सांसद शिशिर खनाललगायतका नेताहरू बेँसीसहर पुगेका छन्।