एनपिएल : काठमाडाैंलाई १३९ रनको लक्ष्य

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण
एनपिएल : काठमाडाैंलाई १३९ रनको लक्ष्य

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैँं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रनको योगफल तयार पार्याे।

पोखराका लागि  रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले अविजित ४१ रन बनाए। दिनेश खरेलले ३८, दिलीप नाथले २७ रन बनाएका हुन्।

काठमाडाैंका लागि रासिद खान र कप्तान करण केसीले समान तीन-तीन तथा जेरार्ड इरास्मस र माइकल लेभिटले समाए एक-एक विकेट लिए। दुवै टोली जित निकाल्दै प्लेअफको सम्भावनालाई बलियो बनाउन चाहन्छन्।

See More On

सुझावित समाचार