पोखरा र विराटनगरबिचको खेल सुपर ओभरमा

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण
पोखरा र विराटनगरबिचको खेल सुपर ओभरमा

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्स र विराटनगर किंग्सबिचको खेल सुपर ओभरमा गएको छ। विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा पोखराले लक्ष्य पूरा गर्न नसकी बराबर रन भएसँगै खेल सुपर ओभरमा गएको हो।

कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको विराटनगरले सात विकेटको क्षतिमा १३९ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको पोखराले पूरा २० ओभरको खेल सकिँदा ६ विकेटका क्षतिमा १३९ रन नै बनायो।याे प्रतियाेगिताकाे पहिलाे सुपर ओभर हाे।

सुझावित समाचार