कमलादीमा भासिएको सडक आजबाट सञ्चालन

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

कमलादीमा भासिएको सडक मर्मतपश्चात् आजबाट सञ्चालनमा आएको छ । भासिएको सडकमा ‘बक्स कल्भर्ट’ निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको हाे । पुनर्निर्मित सडकमा आयोजित एक कार्यक्रमबिच रिबन काटेर सडक खोलिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले रिबन काटेर सडकको उद्घाटन गरेका हुन् । 

साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयनजिकै सडक भासिएपछि बन्द भएकाे थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक नियमित गरिएको छ ।

सडक भासिनुपूर्व एकतर्फी बनाइएको यो सडक नियमित भएसँगै एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ । पहिलाजस्तै अबउप्रान्त दरबारमार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा–प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घन्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।

सुझावित समाचार