पत्रकार महासंघ मुगुमा भण्डारीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्विरोध

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघ मुगु शाखामा अचुतराज भण्डारीको नेतृत्वमा १९ सदस्यीय शाखा समिति निर्विरोध निर्वाचित भएको छ। निर्वाचन समितिले तोकेको मनोनयन दर्ता समयमा पदाधिकारी तथा सदस्य पदहरूमा एकल उम्मेदवारी परेको र दाबी विरोधको समयमा पनि कुनै उम्मेदवारउपर दाबी विरोध नपरेपछि शाखा समिति निर्विरोध निर्वाचित भएको हो।

निर्वाचन समितिका संयोजक विनोदकुमार मल्लका अनुसार अध्यक्षमा अचुतराज भण्डारी, उपाध्यक्षमा जीवन सेजुवाल, उपाध्यक्ष महिलामा सुकमाया शाही, सचिवमा नन्दबहादुर रोकाया, कोषाध्यक्षमा मोहनकुमार मल्ल, सहसचिवमा शिवचन्द्र कार्की, सहसचिव समावेशीमा सोबिना भाम निर्विरोध निर्वाचित भएका छ्न्। सदस्यहरूमा क्रमशः  मोहनकुमार मल्ल ‘ख’,  सर्जनकुमार शाही, जयराम विक, सक्कबहादुर बुढा, साङ्मु लामा, हस्तबहादुर भाम, मोहन शाही, सनतकुमार हमाल, कुवेरराज कार्की, हरिकृष्ण ऐडी र कमल विकसहित १९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ। 

सुझावित समाचार