लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण
लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएकाे छ । कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा चितवनले १६८ रनको लक्ष्य दिएको हाे । 

मंगलबार कीर्तिपुर मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले १६७ रन बनायो । कप्तान रोहितले ५७ बलमा सात चौका र पाँच छक्कासहित सर्वाधिक ८० रन बनाए ।

साद विन जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाएका हुन् । चितवनका रिजन ढकालले पाँच विकेट हात पारे । आज नै हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् ।

See More On

सुझावित समाचार