जनकपुरले दियो लुम्बिनीलाई १३७ रनको लक्ष्य

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

जनकपुरले एनपिएलको १४औँ खेलमा लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नाै विकेट गुमाउँदै १३६ रन बनायो ।

ओपनर तथा कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् । लाहिरु मिलान्थाले  २४, शुभ कंसाकारले अविजित २२, मार्की आसिफ शेखले १६ रन बनाए । अतिरिक्त १५ रन पाएको थियो ।

लुम्बिनीका अभिषेक गौतमले तीन तथा सादविन जफर र रोहित पौडेलले समान दुई विकेट हात पारे । सन्दीप जोराको नाममा एक विकेट रह्यो । लगातार तीन खेलमा पराजित लुम्बिनी पहिलो जितको खोजीमा छ । लगातार तीन खेल जितेको जनकपुर चौथो जितको खोजीमा छ ।

See More On

सुझावित समाचार