नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
लुम्बिनी पहिलो जितको लक्ष्यमा छ । लुम्बिनीले पहिलो खेलमा विराटनगरविरुद्ध दुई विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।
लगातार तेस्रो जित निकाल्न सके सुदूरपश्चिमलाई प्लेअफको बाटो सहज बन्नेछ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० तथा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।