टिपर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

मकवानपुरको बकैयामा टिपर दुर्घटना हुँदा टिपरचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका ४० वर्षीय सानु लो तामाङ रहेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बकैया गाउँपालिका– ५ झाक्रीडाँडानजिक  निर्माणाधीन तराई–काठमाडाैं द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

हात्तीसुँडेबाट द्रुतमार्गमा निर्माणका लागि ग्राभेल लोड लिई जाँदै गरेको  ना.८ख २४३० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकको सोही ट्रिपरले च्यापिएर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

सुझावित समाचार