सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी ब्रान्डन म्याकमुलनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक बनाएका छन्।
उनले ३२ बलमा तीन चौका र चार छक्कासहित अर्धशतक पूरा गरेका हुन्। ५३ रन जोडेर उनी पेभिलियन फर्किए।
प्रतियोगितामा सुदूरपश्चिम लगातार दोस्रो जितको दाउमा छ। काठमाडौं पहिलो जित निकाल्न चाहन्छ।