नेप्से परिसूचक २४.९७ अंकले घट्यो

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४.९७ अंकले घटेर दुई हजार ७५०.८७ को विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६७७ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूह ०..५९, उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त ०.१२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह ८.७२ प्रतिशतले घटेको छ । 

बैंकिङ ०.३४, विकास बैंक १.४, वित्त १.२४, होटेल तथा पर्यटन ०.४० र लगानी समूह ०.०२ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा १.५०, म्युचुअल फन्ड ०.३४, निर्जीवन बिमा ०.३३ र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ०.९९ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु. ३० करोड ३० लाख ६९ हजार २२५ को कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ११ लाख ९५ हजार ९८४ कित्ता सेयर किनबेच भएको छ ।

See More On

सुझावित समाचार