जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

जुम्लाको पातारासी गाउँपालिका– २ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन्।

उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ। जिल्लाको विकट गाउँमा गत सोमबारदेखि उक्त टेलिफोन सेवा सञ्चालनमा आएको हो।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताए।

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको नेपाल टेलिकमको यहाँस्थित कार्यालयका प्रमुख सुवास शाहले बताए। जुम्लाका आठवटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उनले जानकारी दिए।

सुझावित समाचार