काठमाडौंले टस जित्यो, कर्णाली याक्स ब्याटिङ गर्दै

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । बुधबार एनपिएलको छैटौँ खेलमा कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् । 

सोमपाल कामीको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्नेछन् । देव खनाल र भारतीय चर्चित खेलाडी शिखर धवन ओपनिङमा आउनेछन् । 

यसअघि कर्णाली जनकपुर बोल्ट्स र काठमाडौं चितवन राइनोजसँग पराजित भएका थिए । दुवै टोली पहिलो जितको खोजीमा छन् ।

See More On

सुझावित समाचार