नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा अहिले काठमाडौं गोर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गरिरहेका छन्।
सोमबार कीर्तिपुर मैदानमा पहिलो पावरप्ले सकिँदा काठमाडौं नाजुक अवस्थामा छ। ३९ रन बनाउँदा काठमाडौंले महत्त्वपूर्ण चार विकेट गुमाइसकेको छ।
ओपनर स्टेफन इस्किनाजी दुई, माइकल लेभिट २५, गेहार्ड इरास्मस चार र भीम सार्की एक रन बनाएर आउट भए। चर्चित पाकिस्तानी खेलाडी सोहिल तनविर चम्किएपछि काठमाडौं सस्तैमा समेटिएको हो।
सन् २००८ मा राजस्थानलाई आइपिएल र सन् २००९ मा पाकिस्तानलाई आइसिसी टी–२० विश्वकप उपाधि जिताउँदाका खेलाडीले एक्लै तीन विकेट लिए। कुशल मल्लको नाममा एक विकेट छ।