यू–१९ एसिया कप : बंगलादेशसँग नेपाल पराजित

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

यू–१९ एसिया कपअन्तर्गत बंगलादेशसँगको खेलमा नेपाल पराजित भएको छ। दुबईमा १४२ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले पाँच विकेटको जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा अलआउट भएको थियो। नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाएका थिए। ७७ बल खेलेका उनले पाँच चौकाको मद्दतले ४३ रन जोडेका हुन्। उत्तम मगर र अभिषेक तिवारीले समान २९ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उत्तमले ६९ बलमा र अभिषेकले ३५ बलमा २९ रन बनाएका थिए।

नेपाललाई सस्तैमा समेट्न बंगलादेशका अल फहद, इकवाल हुसैन इमोन, रिजन हुसैनले समान दुई–दुई विकेट लिँदा साद इस्लाम, रफी उज्जामन रफी र अजिजुल हकिमले एक–एक विकेट लिए।

बंगलादेशका दुई खेलाडीले अर्धशतक पूरा गर्दा तीनजना शून्य रनमै आउट भए। जावाद अबरारले ६५ बलमा ५९ रन बनाउँदा क्याप्टेन अजिजुल हाकिम (नटआउट)ले ७२ बलमा ५२ रन जोडे। फरिद हसनले १३ जोड्दा र दुई बलमा पाँच रन बटुल्दै देवाशिष देवा नटआउट रहे।

६ ओभर बलिङ गरेका नेपालका युवराज खत्रीले २३ रन खर्चेर एक मेडनसहित चार विकेट लिँदा हेमन्त धामीले एक विकेट हात पारे। 

सुझावित समाचार