स्थानीय तह उपनिर्वाचनअन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा जारी निर्वाचनमा हालसम्म कुल मतदाताको ४८ प्रतिशत मत खसेको छ।
मतदान बिहान ७ बजेदेखि सुरु भएकोमा ४ बजेसम्म सात हजार ५६४ मत खसेको हो। गौरीशंकरमा कुल १५ हजार ७१८ मतदाता छन्। जिल्ला निर्वाचन कार्यालय दोलखाले दिएको जानकारीअनुसार १२ मतदानस्थलका २१ मतदान केन्द्रमा मतदान जारी छ।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि जारी निर्वाचनमा सात राजनीतिक दल र नाै स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तर, मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने देखिन्छ।
०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर तामाङको हृदयाघातका कारण गत वर्ष निधन भएपछि उक्त पदमा आज मतदान भइरहेको छ।