स्थानीय तह उपनिर्वाचनअन्तर्गत वडाध्यक्ष पदका लागि हेटौँडामा जारी मतदान प्रक्रियामा १०२ वर्षीय ज्येष्ठ सदस्यले मतदान गरेका छन्।
हेटौँडा– १२ स्थित विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा १०२ वर्षीय गोविन्द लामिछानेले मतदान गरेका हुन्। छोरा अच्युत लामिछानेको सहयोगमा उनले मतदान गरेका हुन्।