नलगाड र कुसेमा ६ हजारभन्दा बढी मत खस्यो

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र कुसे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि जारी निर्वाचनमा कुल ६ हजार ६६ मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ः३० बजेसम्म दुई पालिकामा गरी कुल ३४.१७ प्रतिशत मतदान सम्पन्न भएको हो। कुसे गाउँपालिकामा उत्साहजनक सहभागिता देखिएको छ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय, समाकोट (क)मा ३३६ र (ख)मा ३०५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

नलगाड नगरपालिकाको, अनापानी (क)मा १७३ र (ख)मा १३५ मत खसेको छ। जनक आ.वि., डाँडागाउँ (क)मा १८३ र (ख)मा १७७, कैलाश कन्या आ.वि., कट्केमा २७७, सूर्योदय मावि, कैना टट्टामा १८०, भानुभक्त मावि, लह (क)मा २९८ र (ख)मा २४१, जुनी मावि, सिर्केमा २४२, हिमालचुली प्रावि खानटाकुरामा २८७, वीरेन्द्र आ.वि., भारगाउँ (क)मा २२२ र (ख)मा २४०, त्रिभुवन मावि, दल्ली (क)मा २०१ र (ख)मा १९० मत खसेको छ।

यसैगरी, गणेश प्रावि, मालुबातारामा २१७, पञ्चभयार मावि, जिकुवा (क) र (ख)मा क्रमशः ३६२ र १५२, त्रिभुवन मावि, ताँत्रामा १९१, जनविकास आ.वि., राउतगाउँमा २५०, गणेश प्रावि, चौखागाउँमा ३७२, वीरेन्द्र हिमालय मावि, तल्लु (क)मा १७८ र (ख) १५९, भगवती आवि, खातीगुर्ता (क)मा २३५ र (ख)मा २६३ मत खसेको छ। 

निर्वाचन अधिकृतको कार्यालयले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको जनाएको छ।

सुझावित समाचार