विश्वकप र आइपिएल विजेता सोहेल तनभिर चितवनमा

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

 आइसिसी टी–२० विश्वकप र इन्डियन प्रिमियर लिग (आइपिएल) विजेता पाकिस्तानी क्रिकेटर सोहेल तनभिरलाई चितवन राइनोजले अनुबन्ध गरेको छ। 

बिहीबार क्लबले पाकिस्तानी चर्चित खेलाडी तनभिरलाई अनुबन्ध गरेको जानकारी गरायो। बायाँ हाते तीव्र गतिका बलरले एनपिएलमा अनुबन्ध हुने सबैभन्दा सफल खेलाडी हुन्। यसअघि कर्णाली याक्सले आइपिएल विजेता शिखर धवनलाई अनुबन्ध गरेको थियो। 

तनविभरले सन् २००९ मा टी–२० विश्वकप जितेका थिए। सन् २००८ मा राजस्थान रोयल्सको लागि आइपिएल उपाधि जितेका थिए। 

उनले एनपिएल एक चुनौतीको रूपमा लिएको बताएका छन्। उनले चिवतको प्रतिनिधित्व गर्दा गौरवशाली अनुभूति भएको बताए। 

चितवनको मार्की खेलाडीमा कुशल मल्ल रहेका छन्। आठ टिम सहभागी लिग शनिबारबाट सुरु हुनेछ।

सुझावित समाचार