गैँडाकोट आक्रमणबाट नवलपुरमा एकजनाको मृत्यु

शनिबार, ८ मंसिर, २०८१
डिजिटल संस्करण

गैँडाको आक्रमणबाट नवलपुरमा एकजनाको मृत्यु भएको छ। 

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारूको गैँडाको आक्रमणबाट शनिबार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।

थारू दुई बुहारीसहित घरनजिकै रहेको बारीमा आलु लगाउन गएको वेला एक्कासि गैँडाले पेट र टाउकोमा आक्रमण गरेको थियो। 

गैँडाको आक्रमणबाट थारूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए।

सुझावित समाचार