मोरङ प्रहरीले पाँच दिन (१ देखि ५ मंसिर)मा २८ जना फरार अभियुक्त पक्राउ गरेर अदालतमा बुझाएको छ । अदालतबाट विभिन्न समयमा सजाय पाई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरी प्रहरीले अदालतमा बुझाएको हो ।
मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरू चोरी, सवारी ज्यान, काठ ओसारपसार, लागुऔषध, कुटपिट, सार्वजनिक अपराध, बहुविवाह, लेनदेन, चेक अनादर एवं बैंकिङ कसुर, जालसाज र अभद्र व्यवहार कसुरमा सजाय पाएर फरार रहेका अभियुक्त हुन् ।
प्रहरीले अदालतमा बुझाएका अभियुक्तहरूमा पथरी शनिश्चर– ८ का ढकबहादुर अधिकारी र सन्तोष कार्की, सुन्दहरैँचा– ११ का श्याम चौधरी र दिनेश कार्की, कानेपोखरी– ७ का टेकबहादुर परियार, पथरी शनिश्चरे– ६ का किसन मण्डल, कानेपोखरी– ९ का सोमबहादुर श्रेष्ठ, कानेपोखरी– ४ का विनोद तामाङ, कानेपोखरी– १ का उमेश गुरुङ र पथरी शनिश्चरे– १ का लीलावती राई र विकास राई, पथरी शनिश्चरे– १० का अमित गुरुङ र पुण्यप्रसाद तिम्सिना, पथरी शनिश्चरे– १ का मिथुन मण्डल र रामकुमार सहनी, कानेपोखरी– ६ का नीलप्रसाद ओझा, कानेपोखरी– ५ का सञ्जय श्रेष्ठ, कटहरी– ४ की उर्मिला मण्डल, कानेपोखरी– ३ की आशादेवी कामत, विराटनगर– १६ का धर्म यादव, फैयाज मियाँ, सुमन राय, विराटनगर– ५ की फुलियाकुमारी मियाँ, विराटनगर– १५ का रमेश चौधरी र सुशील श्रेष्ठ, विराटनगर– १० का जीवन दर्जी र शेरबहादुर योगी रहेका छन् ।
पक्राउ परेका अभियुक्तहरूले एक महिनादेखि ६ महिनासम्म कैद सजाय पाएका थिए ।