नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आज मंगलबार नेप्से ५१.११ अंकले घटेर दुई हजार सात सय २.६५ को विन्दुमा कायम भएको हो। यो १.८५ प्रतिशतको गिरावट हो।
आज ३१० कम्पनीको दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर एक लाख पाँच हजार ८२७ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ बराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै होटेल तथा पर्यटन समूह ३.१७ र जलविद्युत् समूह ३.०७ प्रतिशतले घटेका छन्।
बैंकिङ १.११, विकास बैंक २.२९, वित्त २.३१, लगानी २.०८, जीवन बिमा १.९४ र उत्पादन तथा प्रशोधन १.४८ प्रतिशतले घटेका छन्। लघुवित्त समूह १.५०, म्युचुअल फन्ड ०.१५, निर्जीवन बिमा १.६९, व्यापार २.२१ र अन्य समूह १.५८ प्रतिशतले घटेको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेड ९.२५ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेड सबैभन्दा उच्च देखिएको छ। आज यो कम्पनीको रु. ४६ करोड ६८ लाख ९९ हजार ८०५ बराबरको आठ लाख ८८ हजार ३१९ कित्ता सेयर किनबेच भएको छ।