सप्तरीबाट १७ क्विन्टलभन्दा बढी गाँजा प्रहरी नियन्त्रणमा

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

सप्तरी प्रहरीले टिपरमा लोड गरिएको १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक डम्बर विश्वकर्माको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले सोमबार राति उक्त गाँजा बरामद गरेको सप्तरी प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

राजगढ गाउँपालिका– ४ बेल्हिचपेना शनि मन्दिरस्थित भित्री सडकखण्डबाट गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ख ६५०३ नम्बरको टिपरलाई चेकजाँच गर्दा गाँजा बरामद भएको हो। टिपरचालक धनकुटा सहिदभूमि गाउँपालिका– ३ का यमजित राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

सुझावित समाचार