सिटी सेन्टर फेस्टिभ सेलिब्रेसनमा थापाले जिते स्कुटर

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

सिटी सेन्टरले दसैँ–तिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ । सेन्टरले एक कार्यक्रम आयोजना गरी सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरेको हो ।

१३ असोजदेखि ३० कात्तिकसम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जितेका छन् । सेलिब्रेसनअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिएको थियो । सेन्टरमा सपिङ गरी थापाले सो बम्पर उपहार जितेका हुन् ।

थापालाई सिजी मोटर्स प्रालिका नेसनल सेल्स म्यानेजर सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकृत आदित्य कुमारले संयुक्त रूपमा स्कुटरको चाबी हस्तान्तरण गरे । 

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत विजेता बनेका ४० जनालाई टेक्नो स्मार्ट फोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ । 

सिटी सेन्टरका सबै पसल तथा आउटलेटमा कम्तीमा एक हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई फेस्टिभ सेलिब्रेसनमा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो । 

बम्पर उपहार विजेता थापालाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका ओझाले ब्रान्ड प्रवद्र्धनमा सिटी सेन्टरसँग गरिएको सहकार्य फलदायी भएको बताए । यस्तै, सिटी सेन्टरका प्रमुख कार्यकारी आदित्यले उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा सिटी सेन्टरको व्यापार प्रवद्र्धनका लागि पहिलोपटक फेस्टिभ सेलिब्रेसन सञ्चालन गरिएको बताए ।

See More On

सुझावित समाचार