नर्वेको जितमा हालान्डका ह्याट्रिक

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

नेसन्स कपको समूह ‘३’ मा काजकिस्तानलाई ५–० को अन्तरले हराउँदा नर्वेका अर्लिङ हाल्यान्डले ७१औँ मिनेटमा ह्याट्रिक गरे

अर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा नर्वेले आइतबार राति काजकिस्तानलाई ५–० को फराकिलो अन्तरले हराउँदै नेसन्स लिगकोे आफ्नो समूहमा शीर्ष स्थानमा पुगेको छ । हाल्यान्डले खेलको २३औँ मिनेटमा टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले खेलको ३७औँ र ७१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । नर्वेले पहिलो हाफमा काजकिस्तानविरुद्ध ३–० को अग्रता लिएको थियो । नर्वेले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

हाल्यान्डले सान्डेर वर्गेको सटिक पासमा डिबक्सभित्र ह्याट्रिक गोल गरेका हुन् । नर्वेका लागि लेपिइजका युवा खेलाडी नुसाले पाँचौँ गोल गरेका हुन् । गत महिना हाल्यान्डले नर्वेका लागि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका थिए ।

हाल्यान्डले अहिलेसम्म नर्वेबाट ३९ खेलमा ३८ गोल गरेका छन् । नेसन्स लिगमा उनले ६ खेलमा सात गोल पुर्याएका छन् । समूह ‘३’ मा स्लोभेनियाले अस्ट्रियालाई १–१ को बराबरीमा रोकेको छ । 

फ्रान्ससँग इटालीको स्तब्ध
नेसन्स कपमा फ्रान्सले इटालीलाई ३–१ ले हराएको छ । लिगको समूह ‘२’ बाट क्वार्टरफाइनलमामा दुवै टोली पुगिसकेका छन् । यी दुई राष्ट्रबिचको खेल समूह विजेताका लागि भएको हो । प्रतिस्पर्धामा इटालीसँग एक गोल अन्तरले मात्र पराजित हुँदा फ्रान्स दोस्रोे स्थानमा झर्ने थियो । तर, फ्रान्सले आवश्यक गोलअन्तरले जित निकाली शीर्ष स्थानमाथि कब्जा जमाउन सफल भयो । इटालीको घरेलु मैदान सानसिरोमा फ्रान्सका लागि मिडफिल्डर रेबियटले दुई गोल गरेका थिए । इटालीका आन्द्रो काम्बासियोले आत्मघाती गोल गरे ।

प्रतिस्पर्धामा रेबियटले दोस्रो मिनेटमा फ्रान्सलाई १–० को अग्रता दिलाए । खेलको ३३औँ मिनेटमा इटालीका भिकारियोको आत्मघाती गोलमा फ्रान्स २–० अघि रह्यो । खेलको ३५औँ इटालीका काम्बिसियोले ३–१ का लागि गोल गरे । पहिलो हाफमा इटाली र फ्रान्सले आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको ६५औँ मिनेटमा रेबियटले व्यक्तिगत दोस्रो गोल थप्दा फ्रान्स ३–१ ले विजयी भयो । सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठुलो अन्तरको हार पनि हो । यसै समूहमा इजरायलले बेल्जियमलाई १–० ले हरायो ।

प्रशिक्षक थोमासको प्रभावशाली सुरुवात
नेसन्स लिगमा आइतबार राति नै समूह ‘२’ मा इंग्ल्यान्डले रिपब्लिक अफ आयरल्यान्डलाई ५–० को गोल अन्तरले पराजित गरेको छ । यस खेलसँगै थोमास टुचलले इंग्ल्यान्डको मुख्य प्रशिक्षक भूमिका निर्वाह गरेका हुन् । उनले आफ्नो पहिलो खेलमै इंग्ल्यान्डलाई सानदार जित दिलाएका छन् । यसअघि इंग्ल्यान्डका लागि ली चास्ली अन्तरिम प्रशिक्षक बनेका थिए । चास्लीले ६ खेल सम्हाल्दा इंग्ल्यान्डलाई ५ खेलमा जित दिलाए । 

आयरल्यान्डले बलियो इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको दोस्रो मिनेटमै कप्तान ह्यारी केनले गोल खडेरी तोड्दै इंग्ल्यान्डलाइ १–० को अग्रता दिलाएका थिए । गोलको अग्रतासँगै इंग्ल्यान्डले खेलमा पकड जमायो । 

बल पोसेसन राम्रो बनाउँदै इंग्ल्यान्डले मध्यान्तरपछि आयरल्यान्डविरुद्ध पाँच गोल गर्न सफल भयो । खेलको ५५औँ मिनेटमा गोर्डान र खेलको ५८औँ मिनेटमा गालाघेरको गोलमा इंग्ल्यान्ड ३–० ले अघि रह्यो । आयरल्यान्डले पाँच मिनेट सम्हालिन नसक्दा खेल गुमाएको हो । 

सुझावित समाचार