रेडियन्ट र एक्सेल्सियरको जित

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुल र द एक्सेल्सियर स्कुलले १०औँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । रेडियन्ट जुनियर पुरुषमा र एक्सेल्सियर सिनियर पुरुषमा विजयी भएका हुन् ।

जुनियर पुरुषमा साविक विजेता रेडियन्टले केभिसीलाई १८–६ ले पराजित ग¥यो । रेडियन्टका सोहाम बुढाथोकीले ६ स्कोर गरेका थिए । सिनियर पुरुषमा एक्सेल्सियरले ज्ञानोदयलाई २९–२२ ले हरायो । एक्सेल्सियरका सोङमेन तामाङले १० स्कोर गरे ।

सिनियर पुरुषमा केभिसीले माउन्ट ग्लोरीलाई २४–७ ले हरायो । पुष्पसदनले होली भिजनलाई ३५–२० र स्वस्तिश्री गुरुकुलले विस्डमलाई ३२–८ ले पाखा लगाए । केभिसीका समर्पणले सात र पुष्पसदनका उमंगले १७ स्कोर गरेका थिए । जुनियर पुरुषमा नवीन ज्योतिले पुष्पसदनलाई ८–३ ले पन्छायो ।

नवीन ज्योतिका जीवन विष्टले ४ स्कोर गरे । प्रतियोगिताअन्तर्गत सिनियर महिलामा केभिएसले केभिसीलाई २४–१५ ले हरायो । केभिएसकी सिमरनले १३ स्कोरको योगदान गरिन् । एक्सेल्सियरले ज्ञानोदयलाई १२–६ ले पराजित ग¥यो । केभिएसकी सिमरनले १३ तथा एक्सेल्सियरकी अकिना घिमिरेले ९ स्कोर गरेका थिए । 

सुझावित समाचार