विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ । विराटनगरका मालिक बैंकटेस मुन्द्रा र नायक दायाहाङले आइतबार एक वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन् ।
अभिनेता दयाहाङले विराटनगरसँग जोडिन पाउँदा धेरै खुसी लागेको बताए । उनले देशको उन्नति र विकास लागि कलासँगै खेल क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याए । क्यानका सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आएका अभिनेता दयाहाङलाई विराटनगरले टोलीमा जोड्दा क्यानका लागि एक जितसरह रहेको बताए ।