कर्णालीमा माओवादीले टुंग्यायो उम्मेदवार

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रले कर्णाली प्रदेशका आठवटा स्थानमा उम्मेदवार चयन गरेको हो।

कर्णाली प्रदेशमा तीन स्थानीय तह र पाँचवटा वडामा उपनिर्वाचन हुँदै छ। त्यसका लागि उम्मेदवार चयन गरेको माओवादी केन्द्र कर्णाली प्रदेश प्रकाशन विभागका प्रमुख मोहन शाहीले जानकारी दिए।

शाहीका अनुसार दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जंग बराल मगर, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने (शोभा) र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा देवकी तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, दैलेखको दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्षमा ढकेन्द्र शाही, रुकुमपश्चिम सानीभेरी नगरपालिका– ५ को वडाध्यक्षमा जसिराम बस्नेत, जाजरकोट कुसे गाउँपालिका– ५ को वडाध्यक्ष गोरख नेपाली, कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडाध्यक्षमा नैसरा शाही र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडाध्यक्षमा नर झाँक्री उम्मेदवार चयन भएका शाहीले जानकारी दिए।

सुझावित समाचार