साइबर अपराधको आरोपमा एक महिला पक्राउ

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गरी आघात पुर्याएको आरोपमा केन्द्रीय साइबर ब्युरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका– १३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्युरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए । 

‘निज कुमारी जानकी बोगटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्याउने कार्य गर्नेउपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्युरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो,’ उनले भने ।

See More On

सुझावित समाचार