वीरगन्ज महानगर एक महिनादेखि कार्यकारी प्रमुखविहीन

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको अन्यत्र सरुवा भएपछि महानगरपालिका करिब एक महिनादेखि कार्यकारी प्रमुखविहीन बनेको छ।

सरकारले गत कातिक ५ मा प्रमुख प्रशासकीय अधिकृत भट्टराईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेपछि अहिले महानगरपालिका प्रमुख कार्यकारीविहीन भएको हो।

सरकारले ४० सहसचिवको सरुवा गर्दा वीरगन्ज महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत भट्टराईको सरुवा गर्दा महानगरमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त राखेको थियो। निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले सम्हाल्दै आएका छन्।

आफूले निमित्तको जिम्मेवारी सम्हालेको करिब एक महिनामा अधिकांश कामको चाप बढेको उनी बताउँछन्। निमित प्रमुख प्रशासकीय अधिकृत कर्णले करिब एक महिनादेखि महानगरपालिकामा आर्थिक कारोबार, विकास निर्माणको लागि अख्तियारी नपाउनेजस्ता अधिकांश काम अलपत्र परेको बताए।

निमित्तको जिम्मेवारीमा प्रशासनिक काम हेर्न सकिने, रेखदेख गर्न सकिने भए पनि आर्थिक कारोबारको अधिकार हुँदैन।

सुझावित समाचार