त्रिभुवन विमानस्थलबाट नौ महिनामा साढे ६८ लाखले गरे यात्रा

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

सन् २०२४ को नौ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६८ लाख ३८ हजारले हवाई यात्रा गरेका छन् । जसमध्ये ३२ लाख आठ हजार आन्तरिक र ३६ लाख ३० हजारले अन्तर्राष्ट्रिय यात्रा गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

यस अवधिमा २९ अन्तर्राष्ट्रिय वायुसेवा र हेलिकोप्टरसहित २० आन्तरिक वायुसेवाले यात्रु बोकेका हुन् । सबैभन्दा बढी यात्रु बोक्नेमा आन्तरिकतर्फ बुद्ध एयर र अन्तर्राष्ट्रियतर्फ कतार एयर भएका छन् ।

नौ महिनामा बुद्ध एयरले मात्रै ३५ हजार एक सय दुई उडानमार्फत १९ लाख ५६ हजार यात्रुलाई सेवा दिएको छ । यो संख्या कुल आन्तरिक यात्रुको ६० प्रतिशतभन्दा बढी हुन आउँछ ।

यस्तै, कतार एयरवेजले १८ सय ३६ उडान–अवतरणमार्फत चार लाख ५० हजार यात्रु बोकेको छ । दोस्रो नम्बरमा रहेको नेपाल वायुसेवा निगमले २३ सय ४८ उडान–अवतरणमार्फत चार लाख ११ हजार यात्रु बोकेको छ ।

नौ महिनामा अन्तर्राष्ट्रियतर्फ २४ हजार आठ सय एक उडान–अवतरण भएको त्रिभुवन विमानस्थलले जनाएको छ । जसमध्ये १२ हजार तीन सय ९८ उडानमार्फत १९ लाख १९ हजार यात्रु त्रिभुवन विमानस्थलबाट विभिन्न देशमा पुगेका छन् । 

सुझावित समाचार