नेपाल र स्कटल्यान्डले बाँडे एक अंक

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग-२ अन्तर्गत भएको खेलमा वर्षा भएपछि नेपाल र स्कटल्यान्डले अंक बाँडेका छन् । सोमबार भएको लिग-२ को ४४औँ खेल आँधीहुरीको सम्भावना भएपछि रद्द गरिएको थियो ।

अमेरिकाका डालासमा ढिला गरी सुरु भएको खेल दुईपटक वर्षाकै कारण रोकिएको थियो । ६ ओभरबाट खेल हुनै सकेन । टस हारेर ब्याटिङ गरेको नेपालले एक विकेट गुमाउँदै २६ रन बनाएपछि खेल रोकिएको हो । 

लिग–२ मा नेपाल १२ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ । चार अंकको युएई पुछारमा छ । १६ अंकको अमेरिका शीर्ष स्थानमा  छ ।

See More On

सुझावित समाचार