संखुवासभामा टिपर दुर्घटना हुँदा दुईजना मजदुरको मृत्यु, दुई घाइते

टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

संखुवासभाको मकालु गाउँपालिका– ५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुईजना भारतीय मजदुरको मृत्यु भएको छ ।  

मकालु– ५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा परेर अरुण तेस्रो परियोजनामा कार्यरत टिपरचालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदकाे ज्यान गएकाे छ ।

दुर्घटनामा परेर अन्य दुईजना घाइते भएका छन् । उनीहरू पनि भारतीय नागरिक नै हुन् । उनीहरूको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।     
  
 

सुझावित समाचार