नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को चालू आर्थिक वर्ष ०८१/८२ को ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँको बजेट र नीति तथा कार्यक्रम स्वीकृत भएको छ ।
बुधबार पर्यटनमन्त्री एवं क्यानका सञ्चालक समिति अध्यक्ष बदी्र पाण्डेको अध्यक्षतामा बसेको ४२५औँ बैठकले बजेट एवं नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
कुल बजेटमध्ये पुँजीगततर्फ ११ अर्ब ५२ करोड २५ लाख, कार्य सञ्चालनतर्फ ६ अर्ब ५२ करोड ७१ लाख र मूल्य अभिवृद्धि कर तथा अन्य वित्तीय व्यवस्थासमेतका लागि १६ अर्ब सात करोड २० लाख रुपैयाँ विनियोजन गरिएको क्यानले जनाएको छ ।