बंगलादेशसँग १–१ को बराबरीमा नेपाल

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलमा बंगलादेशले अग्रता बनाएलगत्तै नेपालले बराबरी गरेको छ।

दशरथ रंगशालामा पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ५२औँ मिनेटमा मनिका चक्माले बंगलादेशलाई अग्रता दिलाइन्। नेपाली डिफेन्डरले गल्ती गरेपछि बंगलादेश फाइदा उठाएको हो।

५६औँ मिनेटमा अमिशा कार्कीले बराबरी गोल गरिन्। प्रीति राईले निकालेको थ्रु बलमा गोलकिपर रुक्मा चक्मालाई बिट गर्दै बराबरी गरेकी हुन्।

सुझावित समाचार