काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने ४६ स्थान

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

तिहार, नेपाल संवत् तथा छठपर्वका अवसरमा काठमाडौं महानगरपालिकाले नेपालमै उत्पादन भएका फूलको बिक्री-वितरण गर्नका लागि ४६ ठाउँ तोकेको छ।

फूल बिक्री-वितरणका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेसलगायतका ठाउँमा व्यवस्था मिलाइएको महानगरले जनाएको छ। गत वर्ष पनि महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु–विष्णुमती करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाएको थियो।

यस वर्ष फूल बिक्रेता किसानहरूलाई थप सहज बनाउने प्रयासस्वरूप ४६ स्थान तोकिएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा लेखेका छन्। महानगरको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री-वितरणमा रोक लगाउने उल्लेख गरेको छ।

‘हामी व्यापारीहरूलाई  प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री-वितरण नगर्न नगराउनु हुन अनुरोध गर्दछौँ। यदि कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ। यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ,’ बालेनले लेखेका छन्।

चाडपर्वको समयमा फुटपाथमा व्यवसाय गर्नेहरूलाई विकल्पस्वरूप फूलमाला बिक्री गर्न ४६ स्थान तोकिएको महानगरले जनाएको छ। यस सम्बन्धमा थप जानकारीका लागि महानगरको निःशुल्क नम्बर ११८० वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३ वा ९८५१३५६५०९ मा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।

यी हुन् फूल बिक्रीका लागि ताेकिएका ४६ स्थान :
१. आरती पार्टी प्यालेस, माछापोखरी
२. बुद्ध मल, माछापोखरी
३. बालाजु भाटभटेनी, माछापोखरी,
४. भ्याली कोल्ड स्टोर, बालाजु
५. सामुदायिक भवन, बालाजु
६. धर्म चक्र पार्क, स्वयम्भू
७. स्वयम्भू मार्ट
८. भाटभटेनी, कलंकी
९. कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०. एस. एन. एस., कलंकी
११. एन. बी. टी. सी., कलंकी
१२. नेपा व्यांक्वेट, खुसिबु
१३. बिग मार्ट, कालधारा, पकनाजोल
१४. साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५. काठमाडौं मल, सुन्धारा
१६. सिभिल मल, सुन्धारा
१७. सिटिसी मल, सुन्धारा
१८. रञ्जना मल, नयाँ सडक
१९. बिग मार्ट कम्प्लेक्स, अनामनगर
२०. एटी कम्प्लेक्स, न्यू प्लाजा
२१. भाटभटेनी, अनामनगर
२२. आइटी प्लाजा, कमलादी
२३. संकटा चोक, टेबहाल
२४. केएल टावर, चाबहिल
२५. बी. एन्ड एस.एम., बौद्ध
२६. भर्गो जापान, शंखमूल
२७. आइप्लेक्स, बानेश्वर
२८. एनबी सेन्टर, नयाँ बानेश्वर
२९. फोनिक्स टावर, बत्तिसपुतली
३०. चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१. बिगमार्ट, शंखमूल
३२. बिबिएसएम, कोटेश्वर
३३. सिफल चौर, सिफल
३४. केटिएम पार्टी प्यालेस,
३५. निराकल कम्प्लेक्स, शंखमूल
३६. एसी कम्प्लेक्स, चाबहिल
३७. भाटभटेनी, कोटेश्वर
३८. भाटभटेनी, नक्साल
३९. बिग मार्ग, बालुवाटार
४०. सेल्स बेरी, महाराजगन्ज
४१. भाटभटेनी, महाराजगन्ज
४२. कोइराला मार्ट, सामाखुसी
४३. बिग मार्ट, सामाखुसी
४४. सिटी सेन्टर, कमलपोखरी
४५. ल्होत्से मल, बालाजु
४६. सासा ब्यांक्वेट, सोह्रखुट्टे

सुझावित समाचार