श्रीमतीको हत्या गरी फरार युवकलाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

श्रीमती हत्यासम्बन्धी कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस– ५ ठेगाना भएका गजेन्द्र वान्तबा राई पक्राउ परेका छन्।

नेपाल प्रहरीले इन्टरपोलको सहयोग र दोहा प्रहरीको समन्वयमा उनलाई कतारमा पक्राउ गरी मंगलबार नेपाल ल्याएको हो। झापा मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीया शर्मिला तामाङको हत्यामा उनी फरार थिए।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

सुझावित समाचार