एलजीका सामान किन्दा ४० प्रतिशतसम्मको क्यासब्याक

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले चाडबाडलाई लक्षित गर्दै ‘एलजीसँग खुसीको पल’ नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकवर्गले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै, एलजी साइड बाई साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर किन्दा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटरसम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसरकुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा चार केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा दुई प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किटसमेत प्राप्त गर्न सक्नेछन् ।

सुझावित समाचार