भीमदत्त ६ काे उपनिर्वाचनमा कांग्रेसबाट प्रकाश चन्द उम्मेदवार

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

आगामी १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । सत्ताधारी कांग्रेसले वडाध्यक्षका लागि कांग्रेस कञ्चनपुरका युवा नेता प्रकाशबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र ३ का सभापति केशवबहादुर चन्दले वडासभापतिसमेत रहेका प्रकाशबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए । 

‘वडाबाट सिफारिस भई आएका उम्मेदवारमध्ये अहिले प्रकाशबहादुर चन्दलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ,’ उनले भने, ‘अब उम्मेदवारकाे टुंगोसँगै जनतामाझ जान्छौँ।’ कांग्रेसनिकट नेविसंघ कञ्चनपुरका नेतासमेत रहेका चन्द युवा, प्रभावशाली, विवादरहित स्वच्छ छविवाला नेताकै रूपमा परिचित छन् ।

०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको गत वर्ष मृत्यु भएसँगै निर्वाचन आयोगले भीनपा– ६ काे रिक्त स्थानमा उपनिर्वाचन गर्न लागेको छ । कांग्रेसले यसअघिकै विरासत जोगाउने प्रण गरेको छ। 
 

सुझावित समाचार